राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन सक्ने

काठमाडाैं । नयाँ दिल्लीस्थित अखिल भारतीय आर्युबिज्ञान अस्पतालमा (एम्स अस्पताल) मा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।
नयाँ दिल्लीस्थित नेपाली दुतावासले दिएको जानकारिमा भनिएको छ – ‘सम्मानीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सबन्धित चिकित्सकहरुले उनको स्वास्थ्यमा राम्रो सुधार भएकोले आइतबार सम्ममा अस्पतालवाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको बताएका छन् ।
छातीमा जमेको पानीमा संक्रमण देखा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) तथा त्रिभुवन बिश्वबिद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकको सुझावमा उनी उपचारका लागि नयाँ दिल्ली गएका थिए । गत बैशाख ६ गते श्री एअरलाइन्सको एअर एम्बुलेन्समाफत नयाँ दिल्ली गएका पौडेल दश दिन पछि डिस्चार्ज हुन लागेका हुन् ।
छातीमा समस्या देखा परेपछि उनी ५ गते साँझ शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । त्यस अघि पेटमा समस्या देखा परे पछि राष्ट्रपति पौडेल गत चैत १८ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।
प्रतिक्रिया