सुडान युद्ध सिरिया र लिबियाभन्दा खतरनाक हुनसक्ने चेतावनी

काठमाडौं । उत्तर पूर्वी अफ्रिकी मुलुक सुडानमा विगत १५ दिनदेखि (१५ अप्रिलयता) द्वन्द्व चर्किरहेको छ। त्यहाँको सेना र अर्धसैनिक समूहबिच युद्ध चलिरहेको छ।
सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म त्यहाँ ५२८ जनाभन्दा बढीको हत्या भइसकेको छ । ४ हजार ५९९ घाइते छन्।
तीन दिनको युद्ध बिरामपछि त्यहाँ पुन; बिहीबारदेखि युद्ध बिराम थपिएको छ। तर युद्ध बिराम पनि पूर्ण रूपमा लागू भने हुन सकेको छैन।
युद्ध लम्बिँदै गए त्यहाँको अवस्था सिरिया र लिबियाभन्दा खतरनाक हुनसक्ने चेतावनी पूर्व प्रधानमन्त्री अबदुल्ला हमडोकले दिएका छन्।
युद्ध जारी रहे विश्वका लागि त्यो दुस्स्वप्न साबित हुने उनले बताएका छन् । केन्याको राजधानी नैरोबीमा आयोजित एक सम्मेलनमा बोल्दै उनले दुई पक्षबिच शान्ति वार्ता गराउन उनले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गरे।
यो सेना र सानो विद्रोही समूहबिचको लडाइँ होइन, यो दुई सैनिकबिचको लडाइँ हो र दुवै पक्षसँग आधुनिक हतियार तथा राम्रो प्रशिक्षण छ, उनले भने मलाई लाग्छ यसलाई नरोके विश्वका लागि यो एक दुस्स्वप्न हुनेछ । हमडोक सन् २०१९ देखि २०२२ सम्म सुडानको प्रधानमन्त्री थिए।
प्रतिक्रिया