उत्पादनशील क्षेत्रमा जोड्न बर्हिगमित सेनाको आग्रह
नेपालखोज
२०८० वैशाख १७ गते ११:०६

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालले आफूहरुलाई रकम दिएर पन्छाउने कार्य नगर्न सरकारलाई आग्रह गरेको छ ।
संयोजक लेनिन विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः हामीलाई रकम मात्रै दिएर पन्छाउने होइन, उत्पादनशील क्षेत्रमा जोडिदिन अनुरोध गर्दछौँ ।’
सरकारले जनही २ लाख रुपैयाँको दरले रकम निकासा गराउन लागिरहेको बेला बहिर्गमित जनमुक्ति सेना नेपालले भने उत्पादनशील क्षेत्रमा जोडिदिन आग्रह गरेको हो ।
विष्टद्वारा जारी विज्ञप्ति अनुसार बर्हिगमित सेनालाई जम्मा बाटो खर्च स्वरूप १० हजार तथा एउटा झोला मात्रै दिएर क्यान्टोन्मेन्टवाट बाहिर पठाइएको थियो । सो रकम बाहेक अहिलेसम्म कुनै रकम नपाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित
प्रतिक्रिया