आइतबार, असार २२, २०८२

सरकार र महावीर पुनबीच वार्ता सुरु

नेपालखोज २०८० वैशाख १७ गते १३:१९

काठमाडौं । अनुसन्धान, नवप्रवर्तन र आविष्कार सम्बन्धि विभिन्न ४ बुँदे माग राखेर शान्तिपूर्ण सडक आन्दोलन जारी राखेका महावीर पुनसँग सरकारले वार्ता सुरु गरेको छ ।

अहिले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच रक्षामन्त्रालयमा वार्ता भइरहेको छ । वार्तामा मुख्यसचिव शंकरदास बैरागी पनि सहभागी छन् ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्तसरकार गम्भीर नभएको भन्दै विभिन्न मागसहित शुक्रबार बिहानबाट माइतीघर मण्डलाबाट सडक आन्दोलनमा छन् ।

महावीरको आन्दोलनमा विभिन्न राजनीतिक दलका नेता, नागरिक अगुवा, सर्वसाधारणले ऐक्यवद्धता जनाएका छन् ।

प्रतिक्रिया