पहिरोका कारण अरुण नदी थुनियो
नेपालखोज
२०८० वैशाख १७ गते १३:३३

काठमाडौं । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनास्थल संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खस्दा अरुण नदी थुनिएको छ ।
आइतबार बिहानैदेखि सुक्खा पहिरो खसिरहेकाले डाइभर्सन गरेर नदी खुलाउने प्रयास भइरहेको बताइएको छ। अरुण तेस्रोमा भारतीय कम्पनीले काम गरिरहेको छ ।
अरुण थुनिँदा जलविद्युत् निर्माण स्थलमा ड्याम साइडको काम पनि रोकिएको छ। निर्माण स्थलमा निर्मित टनेल थुनिएपछि अहिले निर्माण पक्षले ड्यामसाइडबाट नदीको पानी खुलाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।
लगातार पहिरो झरिरहेकाले नदीको बहाव खुलाउन समय लाग्ने बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया