आइतबार, असार २२, २०८२

राष्ट्रपति पौडेल आज साँझ स्वदेश फर्कने

नेपालखोज २०८० वैशाख १७ गते १४:०५

काठमाडौं । भारतमा उपचारपछि राष्ट्रपति रामचन्द्र पौडेल आज बेलुकी ८.३० बजे स्वदेश फर्किने भएका छन् ।

राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट आज स्वदेश फर्कने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचारपछि थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो।

भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको छ।

उनको पेट दुख्ने, छातिमा पानी जम्नेजस्ता समस्या देखिएको थियो।

प्रतिक्रिया