शुक्रबार, वैशाख १४, २०८१

बहुप्रतिक्षित येज्दी मोटरसाइकल अब नेपालमा

नेपालखोज २०८० वैशाख १७ गते १७:५६

काठमाडौं । अग्नि समूहको सहायक कम्पनी र क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइन्क प्रा.लि.ले आज नेपालमा बहुप्रतिक्षित येज्दी मोटरसाइकल सार्वजनिक गरेको छ ।

येज्दी मोटरसाइकल भारतीय मोटरसाइकल उद्योगमा एक प्रतिष्ठित नाम हो । १९७० दशक देखि यो मोटरसाइकल आफ्नो बेजोड प्रदर्शनको लागि परिचित छ । मोटरसाइकल चालकहहरूको भावनालाई कदर गर्दैै क्लासिक लिजेन्ड्सले अत्याधुनिक टेक्नोलोजी र डिजाइनको प्रयोग गरेर येज्दी ब्रान्डलाई पुनर्जीवित गरी बजारमा ल्याएको छ ।

येज्दी मोटरसाइकल तीन मोडेलमा उपलब्ध हुनेछन् – रोडस्टर, स्व्रयाम्बलर र एडभेन्चर । प्रत्येकलाई विभिन्न सवारी प्राथमिकताहरू र जीवनशैलीहरू पूरा गर्न डिजाइन गरिएको छ भने सबै मोडलहरू शक्तिशाली ३३४ सीसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, लिक्विड–कूल्ड, डिओएचसी इन्जिनले सुसज्जित छन्, जसले रोमाञ्चक सवारीको अनुभुति प्रदान गर्दछ । यस उन्नत सुविधाहरू र उत्कृष्ट कार्यसम्पादन गर्ने मोटरसाइकलको मूल्य ९.१६ लाखदेखि ९.९८ लाख सम्म पर्दछ ।

येज्दी मोटरसाइकलहरूमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन र ट्वीन एक्जस्ट सिस्टम पनि छ, जसले इन्धन दक्षता र कम उत्सर्जन सुनिश्चित गर्दछ। एन्टी–लक ब्रेकिङ सिस्टम (एबीएस) र स्लिपर क्लच जस्ता सुविधाहरू सहित बाइकहरूलाई आरामदायी र सुरक्षित सवारी अनुभव प्रदान गर्न डिजाइन गरिएको छ । येज्दी ब्रान्डको समृद्ध इतिहासलाई सम्मान गर्दे क्लासिक डिजाइनको साथ अत्याधुनिक प्रविधि र आधुनिक सुविधाहरूको संयोजन गर्दै सटीकता र विवरणहरूमा ध्यान दिएर डिजाइन गरिएको छ ।
रोडस्टर एक क्लासिक क्रूजर हो जसले आधुनिक सुविधाहरूको साथ रेट्रो डिजाइनलाई संयोजन गर्दछ, जसले यसलाई खुला सडकहरूमा लामो सवारीको लागि उत्तम मोटरसाइकल बनाउँछ ।

स्व्रयाम्बलर एउटा असाधरण र बहुमुखी मोटरसाइकल हो जसले शहरको सडकदेखि अफ–रोड ट्रेलहरूसम्म कुनै पनि भूभागलाई ह्यान्डल गर्न सक्दछ । एडभेन्चर मोटरसाइकल नेपालको भौगोलिक बनावट अनुसार उन्नत सुविधाहरू र उत्कृष्ट प्रदर्शनको साथ डिजाइन गरिएको छ ।

उद्घाटन अवसरमा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले भने, ‘हामी प्रिमियम मोटरसाइकलको नवीनतम रेन्ज लन्च गर्न पाउँदा हर्षित छौं, जसले हाम्रो ब्रान्डको लोकाचार र विश्वस्तरीय उत्पादनहरू नेपाली दर्शकमाझ पुर्याउने र हाम्रो उपभोक्ताहरूको अपेक्षाहरू पूरा गर्ने र उद्योगको मापदण्डहरू परिपुर्ति गर्ने कुरामा हामि विश्वस्त छौं ‘। उद्घाटन कार्यक्रममा उद्योग विशेषज्ञहरू, बाइक उत्साहीहरू, र मिडिया प्रतिनिधिहरू उपस्थित थिए ।

प्रतिक्रिया