आइतबार, जेठ २६, २०८२

उपचारपछि स्वदेश फर्किए कांग्रेस नेता भण्डारी

नेपालखोज २०८० वैशाख १७ गते २०:०१

काठमाडौं । ग्यास दुर्घटनामा गरेर गम्भिर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारी उपचारपछि स्वदेश फर्किएका छन् ।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी गम्भीर घाइते भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किएका हुन् ।

उनी आज दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत नेपाल फर्किएका हुन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्य भण्डारी झन्डै तीन महिनादेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत रहेका थिए ।

भण्डारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको छ । पछिल्लो समयमा उनी बोल्ने र हिँड्न सक्ने भएका छन् ।

सोही घटनामा आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो ।

प्रतिक्रिया