नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०८० वैशाख १७ गते २२:५०

कपन घटनामा लुुटपाटका लागि नीराको हत्या गरिएको प्रहरीको निष्कर्ष ।

सरकार र महावीर पुनबीचको वार्ता निष्कर्षविहिन ।

लुम्बिनीका मुख्यमन्त्रीले वैशाख १९ र गण्डकीका मुख्यमन्त्रीले २१ वैशाखमा विश्वासको मत लिने ।

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान ।

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य ।

बढुवामा असन्तुष्ट बनेका एसपी आभूषण तिम्सिनाले दिए राजीनामा ।

पछिल्लो २४ घण्टामा ६० कोरोना संक्रमित थपिए ।

उपचारपछि स्वदेश फर्किए कांग्रेस नेता डा. चन्द्र भण्डारी ।

६ बुँदे माग पुरा नभए शान्ति समाजले आन्दोलन गर्ने ।

आइपीएलमा चेन्नईमाथि पञ्जाबको जित ।

यू १७ फुटबल टोली नेपाल फर्कियो ।

ए डिभिजन लिगमा हिमालयन शेर्पा र त्रिभुवन आर्मी तथा मछिन्द्र र रोयल ब्लु सातदोबाटो बराबरी खेल्दै अंक बाँडे ।

ए डिभिजन फुटबलमा जाउलाखेल र सङ्कटाको खेल बराबरीमा, चर्च ब्वाइजको जित ।

प्रतिक्रिया