आइतबार, जेठ ६, २०८१

फाइनलमा आज यूएईसँग खेल्दै नेपाल, वर्षाले प्रभावित हुने सम्भावना

नेपालखोज २०८० वैशाख १८ गते ६:२४

काठमाडाैं । नेपालले एसीसी प्रिमियर कपको फाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । यस खेलको विजेता टोलीले आगमी सेप्टेम्बरमा घरेलु टोली पाकिस्तान र भारतसँग खेल्न पाउनेछ ।

नेपाल समूह ए को विजेता हुँदै फाइनलमा स्थान पक्का गरेको हो । कुवेतसँगको सेमिफाइनल खेल वर्षाको कारण नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो । उता युएईले सेमिफाइनलमा ओमानलाई दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

तर आज फाइनल खेल वर्षाले प्रभावित हुने उच्च सम्भावना छ । आज काठमाडौंमा भारी वर्षाको सम्भावना छ । वर्षा भएमा खेल जहाँ रोकिएको छ अर्को दिन त्यहिँबाट नै सुरुहुनेछ । यदि मंगलबार खेलको नतिजा आउन नसकेमा सुपर ओभर खेलाउन प्रयास गरिनेछ ।

प्रतिक्रिया