रास्वपाकाे केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

नेपालखोज २०८० वैशाख १८ गते ६:५२
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे र संसदीय दलको बैठक दिउँसो ३ बजे जनाइएकाे छ ।

यी दुवै बैठक काठमाडौंको वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा विभिन्न विषयमा छलफल हुने जनाइएकाे छ ।

बैठकमा हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, राजनीतिक परिस्थितिको समीक्षा, संसदीय दलको नेता, विभागहरू गठनलगायत विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया