आइतबार, जेठ ६, २०८१

नेपालविरुद्ध युएई – हेड टु हेड

नेपालखोज २०८० वैशाख १८ गते ९:०३

काठमाडाै । नेपाल र युएईबीच १३ वटा ओडिआई खेल भएका छन् जसमध्ये नेपाल ७ खेलमा विजयी तथा ६ खेलमा पराजित भएको छ । युएई सँगको पछिल्ला पाँच खेलमध्ये नेपाल चार खेलमा विजयी रहदै आएको छ ।

नेपाल र यूएईबीच आज सोमबार हुने फाइनल पछिल्लो ६ महिनामा यी दुई देस बिचको आठौं एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ । नोभेम्बरमा नेपालले घरेलु मैदानमा यूएईसँगको तीन खेलको शृंखला २-१ ले जितेको थियो ।

गएको महिना नेपालले यूएईसँग विश्वकप लिग- २ मा चार खेल खेल्यो । दुबईमा भएको उक्त खेलमा नेपालले एकमा विजय हात पायो भने एकमा पराजय भोग्यो । त्यस लगत्तै यी दुई टिमले काठमाडौंमा आएर प्रतिस्पर्धा गरेका थिए जसमा नेपालले दुवै खेलमा यूएईलाई पराजित गर्यो ।

पछिल्लो तीन महिनामा नेपाल उत्कृष्ट लयमा छ । नेपालले यस बिच खेलेको १७ खेल मध्ये १५ खेलमा जित हात पारेको छ । त्यसमा एकमात्र पराजय यूएईसँग कै छ । दुबईमा लिग – २ को पहिलो खेलमा यूएईले नेपाललाई ६८ रनले पराजित गरेको थियो।

नेपाल अहिलेसम्म एसिया कपमा पुग्न सकेको छैन भने यूएईले २००४ र २००८ मा गरी दुई पटक छनोट भएर एसिया कप खेलेको छ ।

प्रतिक्रिया