आइतबार, जेठ ६, २०८१

युएई र नेपालबीचको खेल फेरि रोकियो

नेपालखोज २०८० वैशाख १८ गते १२:२७

काठमाडौं । एसीसी प्रिमियर कपको उपाधिका लागि युएई र नेपालबीच भइरहेको खेलमा पानी परेपछि पुन रोकिएको छ ।

त्रिवि मैदानमा टस हारेर ब्याटिंगको निम्ता पाएको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेटको क्षतीमा १०६ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो ।

यसअघि युएईको १६ ओभरमा ५ विकेटको क्षतीमा ६० रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । तर केहि बेरपछि सुचारु भएको थियो ।

युएईका आसिफ खान ४६, बसिल अहमद १०, आयन खान ५, कप्तान मोहम्मद वासीम ११, आर्यन लक्रा १३, वृत अरविन्द ८,रमीज सहजाद १, रोहन मुस्तफा २ र वाहुर खान शुन्यमा आउट भए ।

नेपालका लागि ललित राजवंशीले ३, करण केसी र सन्दीप लामिछानेले २/२, सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट हात पारे ।

प्रतिक्रिया