रास्वपाको केन्द्रीय समितिको बैठकले गर्याे ३६ विभाग गठन

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सोमबार बसेको केन्द्रीय समितिको बैठकले ३६ विभागहरु गठन गरेको छ । गठन भएको ३६ विभागमा पार्टी प्रवक्ता मुकुल ढकाल, मनिष झा, सुमना श्रेष्ठ, अशोक चौधरी र डा. तोषिमा कार्कीसहित पाँच जनाले दाेहाेराे जिम्मेवारी पाएका छन् ।
डा. ढकाल नीति तथा विभाग विभागको प्रमुख र प्रशिक्षण विभागको प्रमुख बनेका छन् । यस्तै, डा. कार्कीले स्वास्थ्य तथा जनसंख्या विभाग र युवा तथा खेलकुद विभागको जिम्मेवारी पाएकी छन् भने झाले तथ्यांक अनुसन्धान विभाग र सार्वजनिक लेखा समीक्षा विभागको जिम्मेवारी पाएका छन् ।
श्रेष्ठले विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग र शिक्षा विभागको जिम्मेवारी पाउँदा चौधरीले सहकारी विभाग र कृषि विभागको जिम्मेवारी पाएका हुन् । यस्तै, संगठन विभागको प्रमुखमा कविन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभाग विपीन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल प्रमुख चयन भएका छन् ।


प्रतिक्रिया