आइतबार, जेठ ६, २०८१

नेपाल र यूएईबीचको खेल स्थगित, मंगलबार बिहान ९ बजे सुरू हुने

नेपालखोज २०८० वैशाख १८ गते १५:४४

काठमाडाैं । एसीसी प्रिमियर कपकाे भएकाे फाइनलकाे खेल स्थगित भएको छ । वर्षाका कारण खेल सम्भव नभएपछि भोलिलाई सारिएको हो । आज जुन स्थितिमा खेल रोकिएको थियो, त्यही स्थितिबाट भोलि सुरु हुने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरको खल सकिँदा पानी परेपछि खेल रोकिएको थियो । यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १सय ६ रन बनाएको थियो ।

भोलि पानी परेर २० ओभर पनि खेल नहुने स्थिति भए सुपर ओभरमा नतिजा लिइनेछ । पहिलो सुपर ओभर टाई भए, दोस्रो सुपरओभर हुनेछ र, त्यो पनि नभए नेपालले एकदिवसीय वरियतामा माथि रहेको हैसियतले एसिया कपमा स्थान बनाउने छ ।

बाँकी फाइनल खेल मंगलबार बिहान ९ बजे सुरू हुनेछ ।

प्रतिक्रिया