मंगलबार, वैशाख २५, २०८१

करुणा र कुन्साङ अभिनित ‘रिमझिम’ सार्वजनिक

नेपालखोज २०८० वैशाख १८ गते १६:५६

काठमाडौं । गायिका राधिका बिष्टको सुमधुर स्वरमा सजिएको ‘रिमझिम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । एक प्रेमिल जोडीको वियोगको घटनामा आधारित यस गीतमा स्वयम् गायिका बिष्टको शब्द, संगीत रहेको छ । गीतलाई अनुज शेखरले संगीत संयोजन गरेका हुन् ।

बिसं २०७१ सालमा सुनकोशीमा आएको बाढी पहिरोको घटनामा आधारित यस गीतको म्युजिक भिडियोमा करुणा श्रेष्ठ र कुन्साङ बोम्जन फिचर्ड छन् । बुद्ध थापा र उत्तम हुमागाईले छायाँकन गरेको यस भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायिका बिष्टको युट्युव च्यानल ‘राधिका बिष्ट’ मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया