शनिबार, जेठ ५, २०८१

‘मैँ राजा तिमी रानीमा’ मिस पवीकाे अभिनय

नेपालखोज २०७९ फागुन १४ गते १८:१४

काठमाडौं । गायक हिमाल सागरको मैँ राजा तिमी रानी बोलको गीतको भिडियो रिलिज गरिएको छ । सन्तोष दाहालको शब्द तथा विशाल निरौलाको संगीत तथा एरेन्ज रहेको गीतमा पुष्कर खत्रीको मिक्स र मास्टरिङ रहेको छ ।

भिडियोमा हिमाल सागरसँग टिकटकबाट चर्चा कमाएकी मिस पवीको अभिनय देख्न सकिन्छ । एक सफल प्रेम कथालाई नजिकबाट रोमान्टिक शैलीमा देखाइएको भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् ।

उत्सब दाहालको छायांकन, मिन रावलको सम्पादन तथा विकाश दाहालको कलरिङ रहेको भिडियोको निर्माण शम्सेर श्रेष्ठले गरेका हुन् । धुलिखेल आसपासका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियो साईराम पिक्चर्सको युट्युब च्यानलबाट बजारमा आएको हो ।

प्रतिक्रिया