उपचार खर्च आफैं व्यहोर्न राष्ट्रपतिलाई महामन्त्री थापाकाे सुझाब
नेपालखोज
२०८० वैशाख १८ गते १९:०४

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले व्यहोर्नुपर्ने बताएका छन् । सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले उपचार खर्च आफैं व्यहोर्न राष्ट्रपति पौडेललाई सुझाब दिएका हुन् ।
राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार खर्च पाउने र नागरिकले चाहीँ आफ्नै खर्चले उचार गराउन पर्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेकोसमेत उनले बताए । उनले राष्ट्रपति पौडेललाई आफ्नो उपचार खर्च राज्यकोषबाट नलिनसमेत आग्रह गरे । राष्ट्रपति पौडेल भारतमा उपचार गराएर हिजो (आइतबार) नेपाल फर्किएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया