आइतबार, जेठ ६, २०८१

मैदानमा विराटसँग गौतम गम्भीर र नवीनको झगडा

नेपालखोज २०८० वैशाख १९ गते ५:२३

काठमाडाैं । आईपीएल – २०२३ को राति अबेर सम्पन्न खेलमा खेलाडीहरू बीच पनि विवाद देखियो । बेंगलोरका स्टार खेलाडी विराट कोहलीको लखनउका नवीन उल हकसँग झगडा भएको थियो । पछि उनी र लखनऊका प्रशिक्षक गौतम गम्भीरबीच पनि बहस भयो ।

त्यो झगडा कुन विषयमा भएको थियो जानकारी नभए पनि विराट कोहली निकै रिसाएका देखिए । यो मामिला १७औं ओभरमा सुरु भएको थियो, जसको प्रभाव खेलपछिसम्म जारी थियो । त्यसक्रममा मैदानमा अम्पायरले खेलाडीहरुलाई संझाएको पनि देखियो ।

टिभीमा प्रसारित फुटेज अनुसार खेल सकिएपछि पनि विराट कोहली र नवीन उल हकबीच झगडा भएको थियो जब खेलाडीहरु हात मिलाउँदै थिए । त्यसबीच गौतम गम्भीर पनि आए र विराट कोहलीले उनलाई केही कुरा बुझाएको देखियो ।

केही समयपछि लखनउका कप्तान केएल राहुल मामिलालाई शान्त पार्ने प्रयासमा देखा परे । यो विषय सामाजिक सञ्जालमा पनि चर्चामा आउन थाल्यो र दर्शकहरूले घटनाको भिडियो ट्विटरमा सेयर गर्न थाले जुन ट्रेन्ड समेत भयो ।

प्रतिक्रिया