आइतबार, जेठ ६, २०८१

आईपीएलमा बेंगलोरले लखनउलाई १८ रनले हरायो

नेपालखोज २०८० वैशाख १९ गते ५:४५

बेंगलोर – १२६ / ९ (२० ओभर), फाफ डुप्लेसी – ४४ रन, नवीन उल हक ३/३० लखनउ – १०८ / १० (१९.५ ओभर) के गौतम – २३ रन, जोश हेजलवुड २/१५, म्यान अफ द म्याच – फाफ डुप्लेसी

काठमाडाैं । लखनउको स्लो पिचमा रोयल च्यालेन्जर्स बेंगलोरले बलिङमा जे गुमायो त्यो बलिङबाट हासिल गर्‍यो ।

कम स्कोरको खेलमा बेंगलोरले लखनउ सुपर जाइन्ट्सलाई १८ रनले पराजित गर्यो । बेंगलोरले दिएको १२७ रनको लक्ष्य पछ्याएको लखनउले १०८ रन मात्र बनाउन सक्यो ।

लखनउ सुपर जायन्ट्सलाई खेलको सुरुमै झट्का लागेको थियो । लखनउका कप्तान केएल राहुल आरसीबीको इनिङ्सको दोस्रो ओभरमा बल पछ्याउने क्रममा घाइते भएका थिए । उनलाई सहयोग गर्न फिजियोलाई फिल्डमा बोलाउनु पर्यो । केही बेर भुइँमा सुतेपछि उनी बाहिर निस्किए ।

त्यसपछि कृणाल पाण्ड्याले कप्तानको जिम्मेवारी सम्हालेका थिए । केएल राहुल अन्तिममा ब्याटिङ गर्न आए तर उनी पूर्ण रूपमा फिट देखिएनन् ।

प्रतिक्रिया