सोमबार, वैशाख १७, २०८१

गोकर्णेश्वर उपमेयर कपको उपाधि चन्द्रागिरिलाई

नेपालखोज २०८० जेठ ७ गते १५:१६

काठमाडौं । शङ्खडोल कराँते एकेडेमीको आयोजनामा सञ्चालन भएकोे प्रथम गोकर्णेश्वर उपमेयर कप महिला कराँते प्रतियोगिताको उपाधि चन्द्रागिरि डोजोले जितेको छ । तीन स्वर्ण, दुई रजत र चार कास्य पदक प्राप्त गर्दै गोकर्णेश्वरले उपाधि जितेको हो ।

यस्तै प्रतियोगितामा दुई स्वर्ण जित्दै च्याम्पियन मार्सल आर्ट्स दोस्रो भयो । बौद्ध डोजो एक स्वर्ण र एक रजतका साथ तेस्रो भयो । गोकर्णेश्वर नगरपालिकाको सहयोगमा ‘महिला हिंसा तथा दुर्व्यसनी विरुद्ध कराँते’ अभियानअन्तर्गत सञ्चालित सो प्रतियोगितामा च्याम्पियन मार्सल आर्ट्सकी काजोल विष्ट उत्कृष्ट खेलाडी घोषित भइन् ।

बूढानीलकण्ठ डोजोकी उषाकुमारी कार्की उदीयमान खेलाडीका रुपमा छनोट भइन् । आयोजक शङ्खडोल अनुशासित टोली घोषित भयो ।

विजेता खेलाडीलाई सांसद शान्ति श्रेष्ठ, आयोजक एकेडेमीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिव कारञ्जितलगायतले पुरस्कार प्रदान गरे । गोकर्णेश्वर नगरपालिका–९ शङ्खडोलस्थित कभर्डहलमा भएको सो प्रतियोगितामा एक सय ४५ खेलाडीले प्रतिस्पर्धा गरेका आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया