आइतबार, जेठ ६, २०८१

नेपाल र यूएईबीचको बाँकी फाइनल खेल सुरु

नेपालखोज २०८० वैशाख १९ गते ९:०८

काठमाडाैं । नेपाल र यूएईबीचको फाइनल खेल आज पुनः सुरु भएको छ । एसीसी प्रिमियर कप क्रिकेटको सोमबारको खेल वर्षाका कारण रोकिन पुगे पछि  बाँकी खेल आज सुरु भएको हो  ।

त्रिभुवन विश्वबिद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला बर्षाका कारण रोकिन पुगेको थियो ।

नेपालले आक्रमक खेल खेलिरहेको बेला १६ ओभरको समाप्तिमा युएई ६० रन जोडेर ५ विकेट लिए पछि पहिलो पटक बर्षाको कारण रोकिन पुगेको खेल पुनः सुचारु गरिएको थियो ।

तर, दोस्रो पटक पुनः सुचारु गरिए पनि बर्षा सुरु भए पछि केही समयका लागि रोकिएको थियो तर ३ः३० बजेसम्म पनि बर्षा रोकिन छाँटकाट नदेखिए पछि खेल आजसम्मका लागि स्थगित हुन थियाे ।

प्रतिक्रिया