बिहीबार, वैशाख २०, २०८१

यस्ता छन् सिर्जनाका ७ संकल्प

नेपालखोज २०७९ वैशाख १५ गते १४:२४

काठमाडाैं । काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उम्मेद्वार सिर्जना सिंहले काठमाडौंमा काम गर्नका लागि आफू आएको बताएकी छन् । काठमाडौंमा आफ्नो संकल्प प्रस्ताव सार्वजनिक गर्दै उनले यस्तो बताएकी हुन् ।

बिहीबार पत्रकार सम्मेलन गरेकी सिंहले आफ्नो ७ संकल्प सार्वजनिक गरेकी हुन् । जसमा सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर, दिगो पर्यटन, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार, स्वावलम्बी महिला, सबल युवा, सृजनशील महानगरवासी छन् ।

प्रतिक्रिया