बिहीबार, जेठ २, २०८२

आज ओसामा विन लादेन मारिएको दिन

नेपालखोज २०८० वैशाख १९ गते ९:५०

काठमाडौं । अमेरिकाले १० वर्षपछि १ सेप्टेम्बर २००१ मा विश्व व्यापार केन्द्र माथि भएको हमलाको बदला लियो ।

पाकिस्तानको एबोटाबादमा लुकेर बसेका ओसामा बिन लादेन लाई अपरेशन नेप्च्युन स्पियर अन्तर्गत आजकै दिन मारिएको थियो । उनलाई अमेरिकी सेनाले पाकिस्तानको एबोटाबादमा फेला पारेको थियो।

यो पुरा अपरेशन यति गोप्य थियो कि अमेरिकी सेनाका नेभी सिल कमाण्डोहरूले आफ्नो क्षेत्रमा प्रवेश गरी बिन लादेन लाई मारेको कुरा पाकिस्तान सरकारलाई पनि थाहा थिएन ।

बिन लादेन विरुद्धको यो गोप्य ठाउँमा अपरेशन चलिरहेको बेला अमेरिकी राष्ट्रपति बाराक ओबामा, तत्कालीन विदेश मन्त्री हिलारी क्लिन्टनलगायत अन्य अधिकारीहरूले त्यसको प्रत्यक्ष प्रसारण हेरिरहेका थिए।

लगभग २५ जना कमान्डो ६ वटा अमेरिकी हेलिकप्टरमा अफगानिस्तानबाट बाहिर गए । १९० मिनेटको यात्रा पछि हेलिकप्टर इस्लामाबादबाट १२० किलोमिटर परको एबोटाबादमा ओसामा बसेको घरको परिसरमा अवतरण गर्‍यो ।

ओसामा घरको तेस्रो तल्लामा थिए । कमाण्डोहरू त्यहाँ पुगे र बिन लादेनको अनुहार र घाँटीमा गोली हाने । त्यसपछि उनको शवलाई झोलामा हालेर अफगानिस्तान लगिएको थियो ।

यो अप्रेसन ४० मिनेट चलेको थियो । त्यसपछि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले ओसामाको मृत्यु भएको पुष्टि गरेका थिए । यो अभियानका क्रममा ओसामाकी श्रीमती र एक छोराको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया