आइतबार, जेठ ६, २०८१

२० ओभरको खेल समाप्ती : नेपालले ३ विकेट गुमाउदै ६८ रन बनायो

नेपालखोज २०८० वैशाख १९ गते ११:०३

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र युएईबीच खेल जारी छ ।

युएईले दिएको ११८ रनको लक्ष्य पच्छ्याउदै ब्याटिङ गरिरहेको नेपालले २० ओभरको खेल समाप्तीसम्म ३ विकेट गुमाएको छ ।

कुशल भूर्तेल, आशिफ शेख र रोहित पौडेल आउट भएका छन् । नेपालले ६८ रन बनाएको छ ।

त्यस्तै, नेपालले डीएलएस प्रणालीअनुसार २० ओभरमा बनाउनुपर्ने ४७ रनको पार स्कोर बराबर गरेको छ ।

अब यहि अवस्थामा वर्षाले खेल रोकिए पनि नेपाल डीएलएस प्रणालीमा अगाडि हुनेछ ।

प्रतिक्रिया