आइतबार, जेठ ६, २०८१

युएईविरूद्ध टिकेका गुल्सन, बनाए अर्धशतक

नेपालखोज २०८० वैशाख १९ गते ११:३९

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालका गुल्सन झाले अर्धशतक प्रहार गरेका छन्। उनले ७५ बलमा अर्धशतक पूरा गर्ने क्रममा ३ चौका र ४ छक्का हिर्काए।

गुल्सनको यो एकदिवसीय खेलमा दोस्रो अर्धशतक हो। नेपालले २८ ओभरमा ३ विकेटको क्षतिमा ९६ रन जोडेको छ। अहिले गुल्सनसँगै भीम सार्की ३० रनमा ब्याटिङ गरिरहेका छन्।

त्यसअघि नेपालका दुवै ओपनरसहित कप्तान रोहित पौडेल आउट भए। कप्तान रोहितलाई १ रनमा रोहान मुस्ताफाले शून्यमा बोल्ड गरे भने विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई ८ रनमा युएईका आयान खानले एलबिडब्लू आउट गरे।

ओपनर कुशल भुर्तेललाई १.२ ओभरमा युएईका मुस्ताफाले १ रनमा एलबिडब्लूकै धरापमा पारे।

प्रतिक्रिया