आइतबार, जेठ ६, २०८१

एसीसी प्रिमियर कप : युएईलाई ७ विकेटले हराउदै नेपाल विजयी

नेपालखोज २०८० वैशाख १९ गते ११:४५

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउदै नेपाल विजयी बनेको छ ।

यो सँगै नेपालले एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो ।

यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भिम सार्कीले उत्कृष्ट साझेदारी गरे ।

२२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याएका हुन् । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धसतक बनाएका छन् ।

प्रतिक्रिया