सुडानबाट दुई सय जना रुसी फर्कदै
नेपालखोज
२०८० वैशाख १९ गते १३:२२

मस्को । रुसले युद्धग्रस्त सुडानबाट आफ्ना दुई सय नागरिकलाई उद्धार गर्ने घोषणा गरेको छ ।
चार वटा सैनिक विमानबाट दुई सय जना रुसी नागरिकलाई सुडानबाट फिर्ता ल्याइने रुसको सशस्त्र बलले जनाएको छ ।
रक्षा मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार सुडानमा रहेका रुसी कूटनीतिक कर्मचारी, सैनिक अधिकारी, रुसी नागरिकका साथै पूर्वशोभियत सङ्घबाट छुट्टिएका नागरिक तथा उद्धारका निम्ति अनुरोध गरेका अन्य मित्रराष्ट्रका नागरिकलाई ल्याइने छ ।
सम्बन्धित
प्रतिक्रिया