लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत
नेपालखोज
२०८० वैशाख १९ गते १३:४२

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत मागेका थिए । उनको पक्षमा ५३ मत र विपक्षमा २९ मत खस्यो ।
कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीलाई माओवादी, नागरिक उन्मुक्ति लगायतका ८ दलले पक्षमा मत दिए भने एमालेले विपक्षमा मत दिए ।
बैशाख ११ गते एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
लुम्बिनीमा १० दलका ८७ जना प्रदेशसभा सदस्य छन् ।
सम्बन्धित
प्रतिक्रिया