सोमबार, जेठ २७, २०८२

उपेन्द्र यादवले लिए शपथ

नेपालखोज २०८० वैशाख १९ गते १३:५५

काठमाडौं । वैशाख १० मा सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचनमा बारा २ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले आज सांसद पदको शपथ लिएका छन् ।

उनलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

वैशाख १० गतेकै उपनिर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित डा। स्वर्णिम वाग्लेले भने गत शुक्रबार नै शपथ ग्रहण गरिसकेका थिए ।

यादव काठमाडौं उपत्यका बाहिर रहेकाले सो दिन उनको शपथ ग्रहण हुन सकेको थिएन ।

प्रतिक्रिया