मंगलबार, वैशाख ११, २०८१

हिमालय वृद्धाश्रमलाई ‘एसवाई’ले गर्याे खाद्य सामग्री र नगद वितरण

नेपालखोज २०८० वैशाख १९ गते १४:२१

काठमाडौं । एसवाई प्यानल नेपाल र एसवाई बजारले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा काठमाडौंको गोंगबुमा रहेको हिमालय वृद्धाश्रम केन्द्रलाई खाद्य सामग्री सहित नगद हस्तान्तरण गरेको छ । एसवाई प्यानल र एसवाई बजारले गोंगबुमा पुगेर सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गर्दै खाद्य सामग्री र नगद हस्तान्तरण गरेका हुन् ।

एसवाई प्यानल र एसवाई बजारले १ लाख ५० हजार बराबरको खाद्यान्न र नगद ५० हजार हस्तान्तरण गरेको एसवाई प्यानलका निर्देशक शशी साहले जानकारी दिए । वितरण भएको खाद्य सामग्री र नगदबाट कम्तिमा डेढ महिना वृद्धाश्रम सञ्चालनमा सहयोग पुग्नेसमन्वयकर्ता सरला पन्तले बताइन् । वृद्धाश्रममा ५० जना वृद्ध–वृद्धाहरु छन् । समन्वयकर्ता पन्तले भनिन्, ‘आज एसवाई प्यानल र एसवाई बजारबाट जुन मूल्यको सामग्री र नगद पायौँ, यति धेरै हामीले आजसम्म कोही कसैबाट पाएका थिएनौँ, यहाँहरुप्रति हिमालय वृद्धाश्रमको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ, आगामी दिनमा पनि यहाँहरुको सहयोगको अपेक्षा गर्दछौँ ।’

एसवाई प्यानल र एसवाई बजार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा यस्तै कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्था हो । साथै प्रत्येक महिनामा सामाजिक उत्तरदायित्व वहन गर्न सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति अझ प्रभावकारीरुपमा यस्ता कार्यक्रमहरुमा निरन्तरता दिइरहने समेत निर्देशक साहले जानकारी दिए ।

प्रतिक्रिया