सोमबार, जेठ २७, २०८२

फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित

नेपालखोज २०८० वैशाख १९ गते १७:२१

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम सांसद कोइरीलाई निलम्बन गरेका हुन् ।

प्रतिनिधिसभाको बैठक नचलेकाले सभामुखको निर्देशनअनुसार संघीय संसद् सचिवालयले सूचना टाँस गरी सांसद कोइरीलाई निलम्बन गरिएको जनाएको छ । यसअघि सोमबार प्रहरीले हत्या आरोपी कोइरीलाई पक्राउ गर्नका लागि सहयोग गर्न संसद सचिवालयलाई पत्र पठाएको थियो ।

२०७२ भदौ २५ गते सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई घेरा हालेर हत्या गरेको आरोपमा उच्च अदालत जनकपुरले सांसद कोइरीलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो । तर, सांसद कोइरी भने फरार छन् । 

प्रतिक्रिया