आइतबार, जेठ ६, २०८१

एसिया कप : नेपालको खेल कहिले को सँग ?

नेपालखोज २०८० वैशाख १९ गते १९:२५

काठमाडौं । २०२३ को सेप्टेम्बर २ ( भदौ १६ गते ) मा सुरु हुने एसिया कपको तालिका सार्वजनिक भई सकेको छ । पाकिस्तानमा हुने यो प्रतियोगितामा नेपालले प्रिमियम कपको विजेताका रूपमा सहभागिता जनाउँदै छ ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल ५ सेप्टेम्बरमा (भदौ १९ गते मङ्गलवार) भारतविरुद्ध खेल्नेछ भने दोस्रो खेल पाकिस्तान विरुद्ध ८ सेप्टेम्बरमा (भदौ २२ गते शुक्रवार) खेल्नेछ ।

हेर्नुहोस्, एसिया कपको पूरा खेल तालिका :

२ सेप्टेम्बर (भदौ १६ गते शनिवार) : भारतविरुद्ध पाकिस्तान

३ सेप्टेम्बर (भदौ १७ गते आइतबार) : श्रीलङ्काविरुद्ध अफगानिस्तान

४ सेप्टेम्बर (भदौ १८ गते सोमबार) : बङ्गलादेशविरुद्ध अफगानिस्तान

५ सेप्टेम्बर (भदौ १९ गते मङ्गलवार) : भारतविरुद्ध नेपाल

७ सेप्टेम्बर (भदौ २१ गते बिहीबार) : श्रीलङ्काविरुद्ध बङ्गलादेश

८ सेप्टेम्बर (भदौ २२ गते शुक्रवार) : पाकिस्तानविरुद्ध नेपाल

९ सेप्टेम्बर (भदौ २३ गते शनिवार) : ग्रुप ‘बी’ को विजेताविरुद्ध ग्रुप ‘बी’ को उपविजेता

१० सेप्टेम्बर (भदौ २४ गते आइतबार) : ग्रुप ‘ए’ को विजेताविरुद्ध ग्रुप ‘ए’ को उपविजेता

११ सेप्टेम्बर (भदौ २५ गते सोमबार) : ग्रुप ‘ए’ को विजेताविरुद्ध ग्रुप ‘बी’ को विजेता

१२ सेप्टेम्बर (भदौ २६ गते मङ्गलवार) : ग्रुप ‘ए’ को उपविजेता विरुद्ध ग्रुप ‘बी’ को उपविजेता

१३ सेप्टेम्बर (भदौ २७ गते बुधवार) : ग्रुप ‘ए’ को विजेताविरुद्ध ग्रुप ‘बी’ को उपविजेता

१४ सेप्टेम्बर (भदौ २८ गते बिहीबार) : ग्रुप ‘ए’ को उपविजेताविरुद्ध ग्रुप ‘बी’ को विजेता

१६ सेप्टेम्बर (भदौ ३० गते शनिवार) : फाइनल ।

प्रतिक्रिया