नेपालखोज दिनभरी : खबर सारांश
एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनौट ।
दार्चुला हिमपहिरोमा पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता ।
फरार एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित ।
नर्स मृत्यु प्रकरणमा दुरुत्साहन आरोपी डा.सुजन ढकाल पक्राउ ।
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत ।
उपनिर्वाचनमा बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादवले लिए शपथ ।
यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर ।
मिटरब्याजको समस्या समाधान गर्न सरकारले अध्यादेशमार्फत कानून बनाउने ।
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य ।
तत्काल प्रधानन्यायाधीश नियुक्ति नगरे थप आन्दोलनका कार्यक्रम ल्याउने नेपाल बारको चेतावनी ।
कांग्रेस नेता डा. चन्द्र भण्डारीको फ्रन्टलाइन अस्पतालमा उपचार सुरु ।
रास्वपा सभापति रवि लामिछानेका गाडी चालक शम्भु थापाको उपचारका क्रममा निधन ।
ए डिभिजन लिगको शीर्षस्थानको जावलाखेल पराजित, थ्री स्टार र खुमलटार बराबरी खेले ।
प्रधानसेनापति राष्ट्रिय टेनिस यही वैशाख २८ देखि हुने ।

प्रतिक्रिया