बिहीबार, जेठ २, २०८२

बकिङ्घम प्यालेस बाहिर एक व्यक्ति पक्राउ

नेपालखोज २०८० वैशाख २० गते ८:१३

लन्डन । लन्डनको बकिङ्घम प्यालेस बाहिर शटगन कारतूस फ्याँकिएको घटनामा एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजले दरबारको एक भागमा बन्दुकका कारतूस फालेको बताइएको छ ।

मंगलबार स्थानीय समय अनुसार साँझ ७ बजेतिर प्रहरीले उक्त व्यक्तिलाई नियन्त्रणमा लिएर उक्त ठाउँलाई घेराबन्दी गरेको थियो । यता स्कटल्याण्ड यार्डले एक व्यक्तिलाई आपत्तिजनक हतियार राखेको आरोपमा पक्राउ गरेको जनाएको छ ।

यसमा गोली चलेको वा कुनै अधिकारी वा नागरिक घाइते भएको कुनै रिपोर्ट छैन। उक्त व्यक्तिको साथबाट एउटा शंकास्पद झोला पनि बरामद भएको महानगरीय प्रहरीले जनाएको छ ।

यो घटना भएका बेला राजा र रानी बकिंघम दरबारमा थिएनन् । यो घटना राजा चाल्सको राज्याभिषेकको ठिक अघि भएकाले प्रहरीले विशेष सावधानी अपनाएको छ ।

प्रतिक्रिया