हिमपहिरोमा परि बेपत्ताको बिहानैदेखि खोजी कार्य जारी

काठमाडाैं । हिमाली जिल्ला दार्चुला र बझाङमा गएको हिमपहिरोमा परी बेपत्ताको बिहानैदेखि खोजी सुरु भएको छ । उनीहरुकाे बिहानैदेखि खोजी सुरु भएको हो । यार्सा टिप्न गएकाहरु हिजाे आएकाे हिमपहिरोमा परी बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार यसरी बेपत्ता हुनेहरुमा डोटीको जोरायल–२ बुडरका नक्नी डोमा थापा, क्षिभी सोमो थापा, ईश्वरी थापा तथा दार्चुला दुहु–४ का कमला कुँवर र प्रवीण कुँवर, सुर्मा–१ देवडीकी झल्लादेवी बोहोरालगायत रहेका छन् ।
हिमपहिरो खसेको खबर पाएलगत्तै व्यास–१ छाङरुमा रहेको नेपाल प्रहरी र सशष्त्रको संयुक्त टोलीले हिजोदेखि नै उद्धार सुरु गरेको थियो तर ११ जनाको अबेरसम्म अवस्था थाहा हुन सकेको थिएनन् ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार पानीसहित हिमपात भएको तथा रातसमेत परेका कारण उद्धार कार्य रोकिएको र आज बिहानबाट पुन: खोजी सुरु भएकाे छ ।
प्रतिक्रिया