एसिया कपमा छनौट क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

नेपालखोज २०८० वैशाख २० गते १२:५६

काठमाडौं । सरकारले एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा छनौट भएका नेपाली क्रिकेट खेलाडीहरूलाई ६ ६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

मंगलबार भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो। एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपका लागि छनौट भएको छ। एसिया कपमा नेपालले अब भारत र पाकिस्तानसँग खेल्नेछ।

साथै मन्त्रिपरिषद बैठकले त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया