राष्ट्रपतिले जारी गरे ‘मिटरब्याजसम्बन्धी समस्या समाधान गर्ने’ अध्यादेश
नेपालखोज
२०८० वैशाख २० गते १५:५०

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका छन् ।
बुधबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

सम्बन्धित
प्रतिक्रिया