थप ९१ जना कोरोना संक्रमित
नेपालखोज
२०८० वैशाख २० गते १७:०७

काठमाडौं । पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ नमुना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।
३३६ पीसीआर परीक्षणमा २७ र २,१९६ एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया