चर्च ब्वाइजले २-१ गोल अन्तरले जित्याे

नेपालखोज २०८० वैशाख २० गते १७:५७

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेडले जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार चर्च ब्वाइजले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।

चर्च ब्वाइजको जितमा अन्जन विष्ट र आशिष चापागाईले एक एक गोल गरे । फ्रेन्ड्सका बेन क्वान्साले एक गोल गरे । खेलको इन्जुरी समयमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई २-१ को जित दिलाए ।

उनले मौषम सुब्बाको पासलाई सदुपयोग गरे । चर्च ब्वाइजको यो सातौं जित हो । जितसँगै चर्च ब्वाइजले १४ खेलमा २४ अंक जोडेको छ । चर्च ब्वाइज दोस्रो स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले १४ खेलमा १५ अंक जोडेको छ । फ्रेन्ड्स सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया