नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०८० वैशाख २० गते २३:०३

नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ ।

तनहुँमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु ।

सरकारमा थपिए तीन मन्त्री, कानुनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहनबहादुर बस्नेत र खेलकुदमा डिगबहादुर लिम्बु, भोलि सपथ ।

संघीय दुवै संसद्को बजेट अधिवेशन आह्वान ।

शुक्रबार फेरि बस्ने गरि सत्ता गठबन्धनको बैठक सकियो ।

एसिया कपमा छनौट क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय ।

विधान अधिवेशनको तयारी गर्दै जसपा ।

थप ९१ जना कोरोना संक्रमित पहिचान ।

‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पाले सातदोबाटो हरायो, चर्च ब्वाइजको जित ।

प्रतिक्रिया