शुक्रबार, जेठ ४, २०८१

नेपाल भित्रिएको भित्रिएको सिट्रोन सी -३ एसयूभीको मूल्य कति ?

नेपालखोज २०८० वैशाख २१ गते ७:५६

काठमाडौं । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ सिट्रोन सी ३ एसयूभी सार्वजनिक गरेको छ ।

भारतमा निर्मित सिट्रोन सी३ एक कम्प्याक्ट एसयूभी हो । आकर्षक डिजाइनको सिट्रोन सी ३, ख्याति प्राप्त वर्ल्ड अर्बन कार २०२३ अवार्ड प्राप्त गर्न सफल भएको थियो ।

यो गाडीमा ट्रपिकलाइज्ड एयर कन्डिसन, बाहिरी दृश्य हेर्न मिल्ने आरामदायक भित्री भाग तथा वायरलेस एन्ड्रोइड अटो र एप्पल कनेक्टिभिटी भएको १० इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन जस्ता सुविधाहरू उपलब्ध छन् ।

यसमा न्याचुरल्ली एस्पिरेटेड १.२ लिटर पेट्रोल इन्जिन छ जसले ८१ बीएचपी पावर र ११५ एनएम टर्क जेनरेट गर्छ । सी ३ मा ५–स्पीड म्यानुअल ट्रान्समिसन गियरबक्स दिइएको छ ।

नयाँ सिट्रोन सी३ १.२ पी लाइभ र पी फिल भइबा प्याक गरी २ भेरिएन्टमा उपलब्ध हुनेछ । यसको मूल्य क्रमशः ३४ लाख ४९ हजार तथा ३६ लाख ४९ हजार रुपैयाँ छ । यो गाडी बिर्तामोड, इटहरी, नारायणघाट, बुटवल र काठमाडौँका सिट्रोन शोरुमहरूमा उपलब्ध छ ।

ग्राहकहरूको सहजताका लागि सिट्रोनले सी ३ मा वारेन्टी पनि दिएको छ जसले दुई वर्ष वा ४० हजार किलोमिटरसम्मको हेरचाह र स्पेयर पार्ट्सलाई समेट्छ।

प्रतिक्रिया