सोमबार, मंसिर १७, २०८१

आउँदै छ ओप्पोको एफ २१ प्रो

नेपालखोज २०७८ चैत २२ गते १५:१३

काठमाडौं । ओप्पो एफ २१ प्रो यही अप्रिलको दोस्रो साताभित्र लन्च हुँदै छ । टिपस्टर (टेक जानकार) हरुका अनुसार यो फोन फ्लाट किनाराका साथ बजारमा आउनेछ, जस्तो आईफोन-१३ मा छ । ओप्पो एफ २१ प्रो मा एक पन्च-होल डिस्प्ले, ट्रिपल रियर क्यामेरा, ४५०० एमएएचको ब्याट्री तथा सुपरबुक फास्ट चार्जिङ फिचर दिइएको छ । रिपोर्टअनुसार ओप्पो एफ २१ प्रो स्मार्टफोन एफ २१ प्रोको सक्सेसर हुनेछ ।

ओप्पो एफ २१ प्रोको मूल्य
ओप्पोको यो नयाँ स्मार्टफोनको अन्तर्राष्ट्रिय बजार मूल्य ८ जिबि /१२८ जीबी स्टोरेज भेरिएन्टको ३५ हजार माथि रहनेछ । यसैगरी ८ जीबी /१२८ जीबी स्टोरेज भेरिएन्टको मूल्य ४२ हजार जति हुने बताइएको छ । यो फोन तीन कलर अप्सन- ओरेन्ज, कस्मिक ब्ल्याक तथा रेन्बो स्पेक्ट्रममा उपलब्ध हुनेछ ।

ओप्पो एफ २१ प्रोको स्पेसिफिकेसन
-यो स्मार्टफोनको पछाडि एक एलईडी फ्लास लाइटका साथ ट्रिपल क्यामेरा सपोर्ट रहनेछ ।
-यसको प्राइमरी क्यामेरा ६४ एमपीको छ भने य‍सलाई माइक्रोलेन्स क्यामेराका साथ जोडिएको छ । सेल्फी र भिडियो कलका लागि यो सेटमा ३२ एमपीको Sony IMX709 क्यामेरा दिइएको छ जुन ओप्पो रेनो सेभेन प्रोको जस्तै हो ।
-यो स्मार्टफोन मा ४,५०० एमएएचको ब्याट्री दिइएको छ जसले ३३ वाट SuperVOOC फास्ट चार्जिङलाई सपोर्ट गर्छ ।
-यो फोनको एक साइडमा माउन्टेड फिंगरप्रिन्ट स्क्यानर छ जसले सुरक्षाका लागि पावर बटनको काम गर्छ ।

प्रतिक्रिया