सर्वाधिक धन कमाउने खेलाडी

काठमाडौं । विश्वका आठ धनी खेलाडीले पछिल्लो एक वर्षमा कुल १२,१५५,५७८,५३६,००० रुपैयाँ कमाए । यी आठ खेलाडीमध्ये तीनजना फुटबलर छन् । फोर्ब्स पत्रिकाका अनुसार यीनिहरु नै सबैभन्दा बढि धन कमाउने खेलाडी हुन् ।
सबैभन्दा धनी क्रिस्टियानो रोनाल्डो
फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नात्रासँग अनुबन्ध पछि वर्षकै सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । उनले १ मे २०२२ देखि १ मे २०२३ सम्म १३ करोड ६ लाख डलरभन्दा बढी कमाए ।
लियोनल मेस्सी
सर्वकालीन उत्कृष्ट फुटबलर लियोनल मेस्सी १३ करोड डलर अर्थात् करिब १७ अर्ब ५ करोड रुपैयाँ कमाउँदै यो सुचिको दोस्रो नम्बरमा छन ।
कलियन एमबापे
सन् २०२२-२३ मा एमबापेको कुल आम्दानी १२ करोड डलर अर्थात करिब १५ .७४ अर्ब रुपैयाँ थियो । उनी सबैभन्दा धेरै कमाउने खेलाडिको सूचीको तेस्रो नम्बरमा छन् ।
लेब्रोन जेम्स
अमेरिकी पेशेवर बास्केटबल खेलाडी लेब्रोन जेम्सले एमबापे मे २०२२ र मे २०२३ बीच जति कमाए त्यती नै जस्तो कमाए र उनी यो सुचिको चौथो नम्बरमा छन् ।
कनेलो एवारेज
कनेलो एवारेज मेक्सिकोका प्रोफेसनल बक्सर हुन । उनि यो सूचीको पाँचौं नम्बरमा छन्। उनको कुल आम्दानी ११ करोड अमेरिकी डलर अर्थात करिब १४.४३ अर्ब रुपैयाँ थियो ।
डस्टिन जोन्सन
छैटौं नम्बरमा रहेका अमेरिकी पेशेवर गोल्फर डस्टिन जोन्सनले यो वर्ष १० करोड ७० लाख डलर अर्थात करिब १४ अर्ब ४ करोड रुपैयाँ कमाए ।
फिल मिकेलसन
सूचीमा परेका अर्का गल्फर अमेरिकाका फिल मिकेलसन हुन् जसले १० करोड ६० लाख डलर अर्थात करिब १३ अर्ब ९० करोड रुपैयाँ कमाए।
स्टीफन करी
यो वर्ष १० करोड डलर भन्दा बढी कमाउने खेलाडीमध्ये अमेरिकी बास्केटबल खेलाडी स्टेफन करी अन्तिममा छन् । उनले कुल १० करोड डलर अर्थात् करिब १३.१२ अर्ब कमाइसकेका छन् ।
सबैभन्दा धनी महिला खेलाडी
जापानकी टेनिस खेलाडी नाओमी ओसाका महिलामा सबैभन्दा धेरै कमाउने खेलाडी हुन् । उनको कमाई ५.११ मिलियन डलर अर्थात करिब ६ अर्ब ७० करोड रुपैयाँ हो, जुन रोनाल्डोको आधा भन्दा कम हो ।








प्रतिक्रिया