मच्छिन्द्रले सङ्कटालाई हरायो
नेपालखोज
२०८० वैशाख २१ गते १७:५५

काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले सङ्कटा क्लबलाई हराएको छ ।
आज बिहीवार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले सङ्कटालाई ३–१ गोलले हराएको हो । मच्छिन्द्रका लागि देवेन्द्र तामाङ, विमल घर्तीमगर र आफिज ओलावालेले गोल गरे । सङ्कटाका लागि जुनियर एनकुगुएले गोल फर्काए ।
याे जितसँगै मच्छिन्द्र १४ खेलमा २१ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा पुगेको छ । सङ्कटा उति नै खेलमा १६ अङ्कसहित ११ औँ स्थानमा छ ।
सम्बन्धित

प्रतिक्रिया