चन्द्रग्रहणको सूतक नलाग्ने

काठमाडाैं । चन्द्रग्रहण खगोलीय विज्ञानको एउटा महत्त्वपूर्ण घटना हो। खगोल विज्ञान अनुसार चन्द्रमा, पृथ्वी र सूर्य एक सीधा रेखामा हुँदा चन्द्र ग्रहण लाग्छ। जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आउँछ, त्यसको छाँया चन्द्रमामा पर्छ । यहि घटनालाई चन्द्रग्रहण भनिन्छ । खगोलविद्हरुका अनुसार जुलाई आज लाग्ने ग्रहण यो वर्षको पहिलो चन्द्रग्रहण हो । साधारणतया सुतक कालदेखि चन्द्रग्रहणको अन्त्यसम्म कुनै पनि शुभ कार्य गरिँदैन ।
चन्द्रग्रहणको समयमा नुहाउनु हुँदैन । ग्रहण सकिएपछि वा अघि नुहाउने , ग्रहणको समयमा खाना र पानी आदि पनि खानु हुँदैन । शास्त्र अनुसार सुतकदेखि ग्रहण नसकिए सम्म कुनै पनि देवताको मूर्ति छुनु हुँदैन । गर्भवती महिलाहरूले चन्द्रग्रहणको छायाँबाट टाढा रहनुपर्छ किनभने ग्रहणको छायाँको नकारात्मक प्रभाव गर्भमा परेर बच्चाको स्वास्थ्य हानि हुने डर हुन्छ । यसका साथै यस दिन मासु, र मदिरा सेवन गर्नु हुँदैन ।
ग्रहणको समयमा पुरुष तथा महिला अलग्गै रहनुपर्छ । यति बेला सम्बन्ध बनाउनु अशुभ र पीडादायक मानिन्छ । शास्त्रका अनुसार यो समयमा गर्भहे बच्चामा नराम्रो प्रभाव पर्छ । सुतक अवधिमा कुनै गरिब तथा असहाय व्यक्ति वा आमाबाबुको अपमान गर्नुहुँदैन । चन्द्रग्रहण सकिएपछि शुद्धताका लागि घरमा गंगाजल छर्किनुपर्छ ।
स्नान गरेपछि भगवानको मूर्तिलाई नुहाइ दिएर पूजा गर्ने । यद्यपि यसपटको चन्द्रग्रहण नेपालबाट नदेखिने हुँदा सुतक बार्नुका साथै यी नियमहरु पालन गरिरहनु पर्दैन । चन्द्रग्रहण कसरी हेर्ने ? चन्द्रग्रहण नाङ्गो आँखाले हेर्न सकिन्छ । चन्द्रग्रहण हेर्न कुनै विशेष प्रकारको चस्माको आवश्यकता पर्दैन । घरबाटै पनि चन्द्रग्रहण हेर्न सकिन्छ । नेपालबाट नदेखिए पनि यो चन्द्रग्रहण विभिन्न देसहरुमा हेर्न पाइनेछ ।

प्रतिक्रिया