शनिबार, जेठ ५, २०८१

मे महिनामा लन्च हुने स्मार्टफोन

नेपालखोज २०८० वैशाख २२ गते १०:००

एजेन्सी । विभिन्न कम्पनीहरूले मे महिनामा एक से एक स्मार्टफोन लन्च गर्न लागेका छन् । यसमा पोको एफ फाइभ , सामसुङ ग्यालेक्सी एफ ५४, वनप्लस नार्ड थ्री, गूगल पिक्सल सेभेन ए, गूगल पिक्सल फोल्ड, रियलमी इलाभन प्रोप्लस तथा इलाभन प्रो ( Poco F5 , Samsung Galaxy F54, OnePlus Nord 3, Google Pixel 7A, Google Pixel Fold, Realme 11 Pro + तथा 11 Pro ) समावेश छन् । यसमा रियलमिले आफ्नो आगामी स्मार्टफोनमा २०० मेघापिक्सलको क्यामेरा दिदैछ । यी सबै फोन यो महिनाको विभिन्न समयमा आउनेछन् । यस्तो अवस्थामा यो महिना फोनमा धेरै नयाँ विकल्पहरू उपलब्ध हुनेछन् । यसबाट आफ्नो बजेट र रोजाई अनुसार उत्कृष्ट फोन रोज्न सकिनेछ ।

पोको एफ फाइभ

चिनियाँ टेक कम्पनी पोकोले मे ९ मा पोको एफ फाइभ स्मार्टफोन लन्च गर्ने भएको छ । कम्पनीले आधिकारिक वेबसाइटमा फोनको टिजर लन्च गर्दै यसका बारेमा जानकारी दिएको छ । टिजर अनुसार यो स्मार्टफोनको रियर प्यानलमा ट्रिपल क्यामेरा सेटअप उपलब्ध हुनेछ । मिडिया रिपोर्ट अनुसार कम्पनीले यो स्मार्टफोनको अन्तर्राष्ट्रिय बजार मुल्य ४८,००० देखि ५० ,००० सम्म पर्न सक्छ ।

सामसुङ ग्यालेक्सी एफ ५४

सामसुङ ग्यालेक्सी एफ ५४ पनि यहि मे मा लन्च हुन सक्छ, जुन सामसुङको नवीनतम मिड-रेन्ज स्मार्टफोन हुनेछ । मिडिया रिपोर्ट अनुसार यो फोनमा Exynos S5E8835 प्रोसेसर दिइएको छ । यसका साथै यसमा ६.७ इन्चको फुल एचडी+ सुपर डिस्प्ले दिइएको छ जसले १२० हर्ट्जको रिफ्रेस रेट प्राप्त गर्नेछ । पावर ब्याकअपका लागि सामसुङ ग्यालेक्सी एफ ५४ मा ६००० एमएएच क‍ो ब्याट्री उपलब्ध गराइनेछ । फोटोग्राफीका लागि यसमा १०८ मेगापिक्सेलको प्राइमरी क्यामेरा दिइनेछ । यो स्मार्टफोनको अन्तर्राष्ट्रिय बजार मुल्य ४० हजार रुपैयाँ हुनसक्छ ।

वनप्लस नार्ड थ्री

वनप्लस नार्ड थ्री मेको अन्त्यसम्ममा लन्च हुन सक्छ । कम्पनीले यो स्मार्टफोन MediaTek Dimensity 9000 5G प्रोसेसरका साथ लन्च गर्नेछ । यो स्मार्टफोन ६. ७ इन्चको डिस्प्लेका साथ आउनेछ, जसले १२० हर्जको रिफ्रेस रेट प्राप्त गर्नेछ । पावर ब्याकअपका लागि य‍ो फोनमा ८० वाटक‍ो फास्ट चार्जिङ सपोर्टका साथ ५००० एमएएचको ब्याट्री उपलब्ध गराइनेछ । यो स्मार्टफोन ४५ हजारको प्रारम्भिक मूल्यमा लन्च हुने सम्भावना छ ।

गुगल पिक्सेल सेभेन ए तथा गुगल पिक्सेल फोल्ड

गुगलले मे १० मा गुगल पिक्सेल सेभेन ए तथा गुगल पिक्सेल फोल्ड लन्च गर्न सक्छ । गुगल पिक्सेल सेभेन ए मा कम्पनीले ६.१ इन्चको AMOLED डिस्प्ले प्रदान गर्न सक्छ, जसले ९० हर्जको रिफ्रेस रेट रहनेछ । फोटोग्राफीका लागि य‍ो स्मार्टफोनमा ६४ एमपीको प्राथमिक क्यामेरा दिइनेछ। यसैगरि गुगल पिक्सेल फोल्ड ५.८ इन्चको कभर डिस्प्ले तथा ७.६९ इन्चको मेन डिस्प्लेका साथ आउन सक्छ । गुगल पिक्सेल सेभेन ए ७४ हजार रुपैयाँमा लन्च हुने अनुमान छ जबकि गुगलको प्रिमियम स्मार्टफोन पिक्सेल फोल्डको २.३२ लाख रुपैयाँ पर्न सक्छ ।

रियलमी इलाभन प्रो प्लस तथा इलाभन प्रो रियलमीले ११ प्रो

सिरिज यहि मे महिनामा लन्च गर्ने कुरा पुस्टि गरिसकेको छ। रियलमी इलाभन प्रो मा फोटोग्राफीका लागि १०८ एमपीको क्यामेरा रहनेछ । यो फोन MediaTek Dimensity 7000 प्रोसेसरमा चल्नेछ । कम्पनीले ६.७ इन्च फुल एचडी+ कर्भड एमोलेड डिस्प्लेका साथ रियलमी इलाभन प्रो प्लस बजारमा उतार्नेछ । फोटोग्राफीका लागि यसमा २०० एमपी + ८ एमपी + २ एमपीको क्यामेरा रहनेछ भने इलाभन प्रोमा १०८ एमपी + २ एमपीको क्यामेरा रहनेछ । रियलमी इलाभन प्रो ४६ हजार तथा रियलमी इलाभन प्रो प्लस ५४ हजारमा लन्च हुन सक्छ ।

प्रतिक्रिया