आइतबार, जेठ ६, २०८१

मे महिनाका बलिउड फिल्म

नेपालखोज २०८० वैशाख २२ गते ७:२९

एजेन्सी । मे महिना सुरु भएको छ । यतीबेला भारतमा बालबालिकाहरुको गर्मी बिदा पनि सुरु हुने समय भएको छ । चलचित्र उद्योग सधैं यस्ता अवसरहरूको खोजीमा हुन्छ। किनभने चलचित्र निर्माताहरू मानिसहरू छुट्टीको समयमा धेरै चलचित्र हेर्छन् भन्ने विश्वास गर्छन् । यस्तो अवस्थामा धेरैजसो चलचित्र मे र जुनमा रिलिज हुने तय भएको छ ।

यद्यपि यो वर्ष ठूला चलचित्रको संख्या भने कम छ । यसका पछाडिको एउटा ठूलो कारण के पनि हो भने बलिउड फिल्महरू केही समयदेखि बक्स अफिसमा लगातार असफल भैरहेका छन् । केही समययता धेरै ठूला सुपरस्टारका फिल्म फ्लप भएका छन् । बलिउडका निर्माता तथा कलाकारहरुसँग मानिसहरु आक्रोशित छन् । दर्शकहरुको मुड हेरेर मात्र फिल्मको रिलिज डेट अगाडि बढाइएको छ । यी सबैको बीच केही फिल्ममेकरहरु हिम्मतका साथ आफ्ना फिल्म रिलिज गरिरहेका छन् ।

अप्रिलमा रिलिज हुने सबैभन्दा ठूलो फिल्म सलमान खानको ‘किसी का भाई किसी का जान’ थियो । सलमानका फ्यानहरु लामो समयदेखि यो फिल्मको प्रतिक्षामा थिए तर फिल्म रिलिजपछि यो अपेक्षाअनुसार चल्न सकेन । सलमानसहित धेरै ठूला कलाकारको उपस्थिति भए पनि उनिहरुको फिल्मको कमाइको गति निकै सुस्त छ ।

सलमानको बाहेक अप्रिलमा कुनै पनि ठूलो फिल्म रिलिज भएन । जसका कारण चलचित्रकर्मीहरु पनि निकै निराश छन् । यस्तो अवस्थामा उनीहरुका लागि मे महिना विशेष रहनेछ । ‘द केरला स्टोरी’, ‘अफवाह’ तथा ‘आईबी७१’ जस्ता उत्कृष्ट फिल्महरू यहि महिना रिलिज हुँदैछन् ।

फिल्म- अफवाह

रिलिज डेट – ५ मे

स्टारकास्ट – नवाजुद्दीन सिद्दीकी, भूमि पेडनेकर, तापसी पन्नू, सुमीत व्यास तथा शरीब हाशमी

डाइरेक्टर – सुधीर मिश्रा

‘मुल्क’, ‘आर्टिकल १५’, ‘थप्पड़’ तथा ‘भीड़’ जस्ता चलचित्रका निर्माता अनुभव सिन्हाले फेरि एकपटक गम्भीर सामाजिक बिषयमा चलचित्र तयार गराएका छन् । यो फिल्मलाई सुधीर मिश्राले निर्देशन गरेका हुन् । सुधीर हिन्दी सिनेमामा एउटा चर्चित नाम हो । उनी ‘सिरियस मेन’, ‘इन्कार’, ‘चमेली’, ‘अर्जुन पण्डित’, ‘धारावी’, ‘खामोश’ तथा ‘जाने भी दो यारों’ जस्ता फिल्मबाट परिचित छन् । “एउटा मूर्ख आउँछ र अर्को बेवकूफलाई केही कुरा भन्छ। त्यो बेवकूफले दस जना बेवकूफलाई एउटै कुरा भन्छ सोच र समझ बिना । फिल्म ‘आफवाह’ को यो संवादमा कथाको सार छ । यो फिल्म हल्ला र लभ जेहाद जस्ता विषयमा आधारित छ।

फिल्म – द केरल स्टोरी

रिलिज डेट – ५ मे

स्टारकास्ट- अदा शर्मा, योगिता बिहानी, सोनिया बिहानी, विजय कृष्णा, प्रणय पचौरी तथा प्रणव मिश्रा

डाइरेक्टर – सुदीप्तो सेन

इस्लामिक जेहाद र धर्म परिवर्तनमा आधारित फिल्म ‘द केरला स्टोरी’लाई सुदिप्तो सेनले निर्देशन गरेका हुन् । यो फिल्ममा केरलामा हिन्दू युवतीहरुको धर्म परिवर्तन गरी उनीहरुलाई आतंकवादी बनाइने सत्य कथा प्रस्तुत गरिएको छ । प्रसिद्ध निर्देशक तथा निर्माता विपुल अमृतपाल शाह यसका निर्माता हुन् । फिल्मको कथा सुदिप्तो, विपुल र सूर्यपाल सिंहले लेखेका हुन् जुन यसको सबैभन्दा बलियो पक्ष हो ।

हालै यो फिल्मको ट्रेलर रिलिज भएको थियो, जसलाई हेरेपछि विवेक अग्निहोत्रीको ब्लकबस्टर फिल्म ‘द कश्मीर फाइल्स’को संझना गरियो । यो फिल्मको ट्रेलर अनुसार एक मुस्लिम केटाले केरलाकी एक युवतीलाई आफ्नो जालमा फसाएर सिरिया पुर्याएर बिबाह गर्छ । त्यसपछि उनको सामूहिक बलात्कार हुन्छ । कथा अघि बढदै जाँदा उनलाई आतंकवादी तालिम दिएर हतियार सहित अफगानिस्तान पठाइन्छ ।

फिल्म – छत्रपति

रिलिज डेट- १२ मे

स्टारकास्ट – श्रीनिवास बेल्लमकोन्डा , नुसरत भरूचा, शरद केलकर, भाग्यश्री, साहिल वैद, राजेंद्र गुप्ता तथा स्वप्निल

डाइरेक्टर – वीवी विनायक

फिल्म ‘छत्रपति’ यही नामको तेलुगु फिल्मको हिन्दी रिमेक हो । यसको मूल फिल्म एसएस राजामौलीले निर्देशन गरेका थिए । यसमा बाहुबली फेम प्रभास मुख्य भूमिकामा छन् । यो फिल्म सन् २००५ मा रिलिज भएको थियो र बक्स अफिसमा ब्लकबस्टर साबित भयो। तेलुगु सिनेमाका सुपरस्टार साई श्रीनिवास बेल्लमकोन्डा हिन्दी रिमेकमा मुख्य भूमिकामा छन्। यही फिल्मबाट उनले हिन्दी सिनेमामा डेब्यु गर्न लागेका हुन् । उनको अपोजिटमा बलिउड अभिनेत्री नुसरत भरुचालाई कास्ट गरिएको छ ।

यसमा हिन्दी र मराठी फिल्मका चर्चित अभिनेता शरद केलकरले खलनायकको भूमिका निर्वाह गरेका छन् । यसबाहेक चर्चित अभिनेत्री भाग्यश्री पनि महत्वपूर्ण भूमिकामा छिन् । फिल्मका निर्देशक वीवी विनायक हुन्, जसले तेलुगु फिल्म उद्योगका धेरै ठूला स्टारहरूसँग ब्लकबस्टर फिल्महरू गरेका छन्। जसमा चिरञ्जीवी, राम चरण, अल्लु अर्जुन, जुनियर एनटीआर, रवि तेजा, प्रभास तथा नन्दमुरी बालकृष्णको नाम प्रमुख छ।

फिल्म – आईबी ७१

रिलिज डेट – १२ मे

स्टारकास्ट – विद्युत जामवाल, अनुपम खेर तथा विशाल जेठवा

डाइरेक्टर – संकल्प रेड्डी

संकल्प रेड्डी निर्देशित फिल्म ‘आईबी७१’ मा विद्युत जामवाल, अनुपम खेर र विशाल जेठवा महत्वपूर्ण भूमिकामा छन् । फिल्मका निर्देशक संकल्प रेड्डीले यसअघि भारत–पाक युद्धमा आधारित फिल्म ‘द गाजी अट्याक’ बनाएका थिए जसलाई जनताले निकै मन पराए । यसको कथा भारत र पाकिस्तान बीचको अन्डर करेन्ट युद्धमा आधारित छ ।

रेड्डीको ‘आईबी७१’ गुप्तचर अधिकारीको खुफिया मिशनमा आधारित छ जो भारतबाट पाकिस्तानमा प्रवेश गर्छ । यो भूमिका विद्युत जामवालले निर्वाह गरेेका छन् । विद्युतले जुन किसिमको एक्सन गर्छन, त्यसबाट फिल्मको एक्सन दृश्यको स्तर कस्तो हुनेछ भन्ने अनुमान गर्न सकिन्छ । अभिनेता अनुपम खेरले गुप्तचर प्रमुखको भूमिका निर्वाह गरेका छन् ।

फिल्म – जोगीरा सारा रा रा

रिलिज डेट – १२ मे

स्टारकास्ट- नवाजुद्दीन सिद्दीकी, संजय मिश्रा, नेहा शर्मा तथा महाक्षय चक्रवर्ती

डाइरेक्टर-कुशन नन्दि

‘जोगिरा सारा रा रा’ एकै महिनामा रिलिज हुने नवाजुद्दीन सिद्दिकीको दोस्रो फिल्म हो । त्यसको एक साताअघि सुधीर मिश्रा निर्देशित फिल्म ‘आफवाह’ रिलिज हुँदैछ । यो रोमान्टिक कमेडी ड्रामा फिल्मलाई कुशन नन्दीले निर्देशन गरेका हुन् । फिल्ममा नवाजुद्दीन सिद्दीकी ‘जोगी प्रताप’को भूमिकामा र नेहा शर्मा ‘डिम्पल’को भूमिकामा देखिनेछन् ।

फिल्ममा यी दुई बाहेक सञ्जय मिश्रा र महाक्षय चक्रवर्तीको पनि महत्वपूर्ण भूमिका छ । ‘जोगीको जुगाड कहिल्यै असफल हुँदैन’ फिल्मको यो संवाद निकै चर्चित भैरहेको छ । यसमा नवाजको क्यारेक्टर जोगीले मानिसहरूको विवाह गराउने काम गर्छ। केटा र केटी जस्तासुकै किन नहुन उनले उनीहरुका लागि जीवनसाथीको व्यवस्था गरेरै छाडछन । यता नेहाको चरित्रले उनीसँग विवाह तोड्ने प्रस्ताव राख्छ ।

प्रतिक्रिया