एनआईसी एसिया क्यापिटलले तीन कम्पनीसँग सम्झौता

काठमाडौं । एन आई सी एसिया क्यापिटलले एकै पटक तीन वटा कम्पनीहरूसँग शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता गरेको छ ।
कम्पनीका अनुसार एन आई सी एसिया क्यापिटल लिमिटेड र भूगोल इनर्जि डेभलपमेण्ट कम्पनी लिमिटेड, एन आई सी एसिया क्यापिटल लिमिटेड र डोल्ती पावर कम्पनी लिमिटेड र एन आई सी एसिया क्यापिटल लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेड बिच शेयर रजिष्ट्रार नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न गरेको हो ।
उक्त शेयर रजिष्ट्रार सेवा अन्तर्गत माथि उल्लेखित कम्पनीहरूको सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित सेयर धनीहरूको हित ग्राही खातामा जम्मा गरिदिने, कारोबार भएको शेयरहरूको अभिलेख राख्ने, दाखिल खारेज, शेयर नामसारी, शेयर धनी लगत अध्यावधिक गरी राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरू यही मिति २०८० साल वैशाख २४ गते आइतबार देखि एन आई सी एसिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली ११, काठमाण्डौमार्फत हुने ब्यहोरा सम्पूर्ण सेयर धनीहरू लगायत सम्बन्धित सबैको लागि जानकारी गराएको छ ।

प्रतिक्रिया