अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
नेपालखोज
२०८० वैशाख २२ गते १३:४४

काठमाडौं । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ ।
हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भोटखोला गाउँपालिका ४ का वडाध्यक्ष विकास तामाङका अनुसार पाइलट र हेलिकप्टरमा सवार एक जना स्थानीय घाइते छन्।
उनीहरूको उद्धार गरेर उपचारका लागि पठाउने तयारी भइरहेको छ।
हेलिकप्टरमा ४ जना मानिस रहेको बताइएको छ।
सम्बन्धित
प्रतिक्रिया